बुटवल। न्यु भिजन फाउन्डेसन नेपालले आफ्नो सातौ स्थापना दिवस रक्तदान कार्यक्रम आयोजना गरि मनाएको छ ।
बुटवल १३, बेलबास स्थित आफ्नै सभाहलमा आज आयोजित कार्यक्रममा वडा न १३ कि वडा सदस्य सरस्वती परियार सहित त्रिचालीस जना रक्तदाताले रक्तदान गरेको आयोजकले जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा न १३ का वडा अध्यक्ष नारायण प्रसाद पुन को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बुटवल उपमहानगर कार्यपालिका सदस्य बिस्णु कुमारी शर्मा, वडा न १३ का वडा सदस्यहरु, फाउन्डेसनका सल्लाहकार लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष बिष्णु भुसालले फाउन्डेसनले सन्चालन गर्न लागेको विभिन्न निशुल्क तालिमहरुको बारेमा जानकारी गराएका थिए । विभिन्न सस्था सङको सह्कार्यमा टेलरिङ्ग, ब्युटिसियन, औद्योगिक वायरिङ गरि १०० जनालाई निशुल्क तीन महिने तालिम १५ दिन भित्र सन्चालन गर्न लागिएको बताईएको छ ।
फाउन्डेसनका अध्यक्ष बिष्णु भुसालको अध्यक्षता रहेको कार्यक्रमको औपचारिक चरणको सन्चालन उपाध्यक्ष कमल खनालले गरेका थिए ।