नेपालमै पहिलो पटक वातावरण मैत्री युरो (बिएस) ६,का बसहरु संचालन

by समतल अनलाइन

मिना ढकाल–
बुटवल । नेपालमै पहिलो पटक अत्याधुनिक सेवा सहितका यूरो (बिएस)६ बसहरु भित्रिएका छन् । यस बसमा अत्याधुनिक बीएस ६ इन्जिन, लक्जरी युक्त सिट र लामो दूरीका लागि विशेष रुपमा तयार पारिएका यी म्याग्ना गाडीहरुले पर्यटकीय विकासमा समेत विशेष टेवा पु¥याउने विश्वास लिएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता टाटा मोटर्सको सिप्रदी ट्रेडिङ्ग प्रालिले अत्याधुनिक र सुविधा सम्पन्न १० वटा बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई साचो हस्तान्त्रण गरेको छ । कम्पनीबाटै जडान गरेर आएको चालक सहित ४५ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी, सिसि क्यामेरा, २ वटा एलइडि टिभि तथा प्रत्येक सिटमा साउण्ड कन्ट्रोल सिस्टम सहितको टाटा एलपीओ १६२२÷६२ (बिएस) ६ म्याग्ना बसको साँचो हस्तान्त्रण गरिएको थियो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको सह–कार्यमा कात्तिक २५ गतेबाट सञ्चालनमा आउने नेपाल भारत मैत्री बस सेवा, त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिले आयात गरेको हो । नेपालमा भित्राइएको यूरो (विएस) ६ म्याग्ना बस, लुम्बिनी प्रदेशका मुख्य २ नाकाबाट आवतजावत गर्ने छन । नेपालगञ्जको रुपैडिया नाका तथा सुनौलीको वेलहिया नाका देखि भारतको दिल्ली सम्म सेवा प्रदान गरिने त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिका अध्यक्ष इन्द्र पुनले बताए ।

सवारीसाधनले गर्ने प्रदूषण कम गर्न विश्वभर प्रदूषण मापदण्ड कायम हुँदै आएको छ । जुन समयानुकुल परिमार्जन हुने गरेको छ । भारतमा सन् २०२० अप्रिलदेखि नै भारत स्ट्यान्डर्ड ६ का सावरीमात्र दर्ता गर्न पाइने निति बनाइ सकेको छ । नेपाल सरकारले पनि सवारी प्रदूषण मापदण्ड २०६९ लाई स्तरोन्नती गर्नु पर्ने यातयात क्षेत्रका विज्ञ तथा नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बताए । विश्वभर यूरो स्ट्यान्डर्डलाई धेरै देशहरुले मान्यता दिने गरेका छन् ।

नेपाल आउने सवारी अधिकांश भारत निर्मित हुने गरेका छन् ।
नेपालमा पहिलो पटक आयात गरिएका यि बसमा अत्याधुनिक प्रविधि र बीएस ६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँने सिप्रदीले जनाएको छ । यि यूरो ६ मा जडित विशेष फिल्टरले प्रदुषण घटाउँछ र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउछ । यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउने सिप्रदी ट्रेडिङ्ग प्रालि कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेलका अनुसार अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ जोश र जाँगर थपिएको बताए । सबैभन्दा धेरै लगानी रहेको यातयात क्षेत्रमा रहेको भएपनि सरकारले अझै ध्यान दिन नसकेको बताउदै अध्यक्ष खरेलले पर्यटन विकासमा यस्ले अहम भूमीका खेल्ने बताए । भारत लगाएत अन्य मुलुकबाट नेपाल आउने पर्यटकहरुलाई गुणस्तरिय यातयात सेवा दिन तथा लुम्बिनी र मुक्तिनाथ जस्ता पवित्र तिर्थ स्थलहरुमा बाह्य पर्यटकहरु भित्राउन समेत यो बस सेवाले कोशेढुगा सावित हुने बताए । यात्रुहरुको मागलाई मध्येनजर गर्दै आरामदायी र वातावरण मैत्री नयाँ आधुनिक खाल्का सवारी भित्राएको उनले बताए । कार्यक्रममा भेरी यातयात प्रालीका अध्यक्ष राजेन्द्र गिरी, सिप्रदीका उप महाप्रवन्धक कृष्ण चन्द, सुपादेउराली टुरएण्ड ट्राभल्सका तुल्सी पौडेल, सिप्रदीका इन्द्रमणि पोख्रेल लगाएतले बोलेका थिए ।

बीएस–६ इन्जिन युक्त सवारीमा विशेष खालको इन्धन फिल्टर प्रयोग गरिएको हुन्छ । यो इन्जिनले ८० देखि ९० प्रतिशत पीएम २.५ सम्मका कण रोकेर नाइट्रोजन अक्साइडलाई नियन्त्रण गर्दछ । यो भनेको सवारीले गर्ने प्रदूषण कम हुनु हो । बीएस–६ युक्त इन्जिनले गाडीले गर्ने प्रदूषण ०.०५ प्रतिशतबाट ०.०१ प्रतिशतमा सीमित गर्दछ ।

यसले गाडीले गर्ने प्रदूषण हावामा निक्कै कममात्र मिसिने छ । बीएस–६ इन्जिन भएको डिजेल÷पेट्रोल गाडीले पर्ने प्रदूषण ७५ प्रतिशत कम हुन्छ । बीएस–४ को तुलनामा बीएस–६ इन्जिन महंगो हुन्छ । नेपालमा लागु भएको यूरो ३ सरहको इन्जिनले गर्ने प्रदूषणको तुलनामा यूरो ४ वा ६ ले गर्ने प्रदूषण निक्कै कम हुने भएकाले प्रदूषण मापदण्ड स्तरोन्ती आवश्यक रहेको उनिहरुको भनाइ छ ।

 
 
  
 

You may also like