छठ पर्वले सत्य निष्ठामा प्रतिबद्ध हुन र प्रकृति संरक्षणप्रति मानवको रुचि वढाउन अभिप्रेरित गर्ने छ : सभामुख

by समतल अनलाइन

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सामाजिक संस्कृतिको अभिन्न अंगको रुपमा रहेको छठ पर्वले सत्य निष्ठामा प्रतिबद्ध हुन र प्रकृति संरक्षणप्रति मानवको रुचि वढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

छठ पर्व २०८१ को अवसरमा आज विहान शुभकामना सन्देश जारी गर्नुहुदै उहांले निष्ठा पुर्वक सूर्यको उपसना तथा व्रत वसी सूर्यलाई अर्घ दिने कार्य प्रकृति पुजन भएको र प्रकृति नै मानव जीवनको अभिन्न अंग भएकाले यसको संरक्षण गर्नु पर्ने सन्देश समेत यस पर्वले दिएको उल्लेख गुर्न भएको छ ।

विशेष गरी तराई (मधेश) क्षेत्रमा  श्रद्धा र भक्तिपूर्वक मनाईने छठ पर्व पछिल्लो समय काठमाडौ उपत्यका र पहाडी तथा हिमाली क्षेत्रमा समेत मनाईन धर्म, संस्कृति,  रितिरिवाज तथा चाडपर्वले आपसी सदभाव र एकतालाई अभिवृद्धि गरेको शुभकामना सन्देशमा उल्लेख छ । “विभिन्न जात– जाति, समुदाय, क्षेत्र र  धर्मावलम्बीहरुको विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन । नेपालको संघीय शासन प्रणालीमाको विशेषताको रुपमा रहेको धर्म निरपेक्षताले आस्थाको रुपमा रहेको विभिन्न समुदायका चाडपर्व धार्मिक तथा सांस्कृतिक धरोहरको  शिर अझै उचो बनाएको छ ।” शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधिताले भरिपूर्ण मुलुक भएको र लुम्विनी प्रदेश सभाले विभिन्न जाति, धर्म, संस्कृति र समुदायको संरक्षण र संवर्धनको लागि कानुन निर्माणमा विशेष महत्व  दिदै आएको जनाउनु हुदै सभामुख घर्ती मगरले राज्यको मुख्य अंगहरुमा सबै समुदायको सहभागिताबाट नै  संघीय लोकतान्त्रिक  गणतन्त्र नेपाललाई सबल  बनाउन सकिने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

 
 
  
 

You may also like