स्कलर्समा विविध कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल–९ स्थित स्कलर्स होम बोर्डिङमा शुक्रवारीय कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

नर्सरीदेखि कक्षा चारसम्म फेन्सी ड्रेस प्रतिस्पर्धाको फाइनल तथा कक्षा पाँचदेखि नौसम्म अन्तरसदनात्मक हाजिरीजवाफ सम्पन्न भएको छ । विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेको अध्यक्षता, सहायक प्राचार्य टीकाराम गौतमको प्रमुख आतिथ्यता र अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा हाजिरीजवाफअन्तर्गत निलो सदन पश्था, पहेँले सदन द्वितीय र निलो सदनकै अर्को समूह तृतीय भएको छ । विजयी प्रतिस्पर्धीलाई पुरस्कार वितरण गर्दै विद्यालयका सहायक प्राचार्य टीकाराम गौतमले यस्ताखाले कार्यक्रमले विद्यार्थीमा अन्तरनिहित प्रतिभा उजागर गर्न मद्धत पु¥याउने बताए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रसासकिय अधिकृत लोकप्रसाद भण्डारीले गरेका थिए ।

 
 
  
 

You may also like