१३ औ साग : नेपालको स्वर्ण ४१ पुग्यो

by समतल अनलाइन

काठमाडौ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन् ।

शुक्रबार सातदोबाटोमा रहेको पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले स्वर्ण हात पारेकी हुन् । उनले २ सय मिटर ब्याक स्ट्रोकमा स्वर्ण जितेकी हुन् ।

भारतले रजत पदक जित्दा श्रीलंकाले कास्य पदक जितेको छ । बिहीबार भएको २ मिटर फ्रिस्टाइलमा गौरिकाले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

 
 
  
 

You may also like