बुटवलमा साहित्य पुस्तक प्रदर्शनी शुरु

by समतल अनलाइन

श्यामलाल पोखरेल
बुटवल । प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको साहित्य पुस्तक प्रदशनी २२ गतेसम्म चल्ने छ ।

पुस्कत प्रदर्शनी उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश पांंचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रगतिबादी साहित्यले राजनीतिक परिवर्तनमा सहयोग गरेको बताए ।

उनले प्रदेश पांचको भूगोलले बहुभाषिक र बहुसांस्कृतिको प्रतिनिधित्व गरेको बताए । प्रदेश पांचमा रहेको विविधताको साहित्य, कला र संस्कृतिलाई पूंजीको रुपमा संरक्षण गर्नुपर्ने बताए । मुृलुकको समृद्विका लागि प्रगतीबादी साहित्यकारहरुसंग सहकार्य गर्न सकिने मन्त्री बरालको भनाइ छ ।

प्रगतिशील लेखक संघ, नेपालका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर जीवेन्द्रदेव गिरीले राजनीतिक परिवर्तनसंगै समाजलाई सांस्कृतिक रुपमा रुपान्त्रण गर्नुपर्ने बताए ।

परिवर्तनको क्षेत्रमा प्रगतिशील लेखक संघको भूमिका महत्वपूर्ण रहदै आएको उल्लेख गर्दै साहित्यको भूमिकालाई अभियानको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए ।

पुस्तक प्रदर्शनीको पहिलो दिन संस्कृति र साहित्यवीचको अन्तरसम्बन्ध विषयमा घनश्याम कोइराला, साहित्यमा जनस्वास्थ्य डाक्टर राजेन्द्र खनाल, पठन संस्कृतिको विषयमा वरिष्ठ आख्यान्नकार जंगबहादुर शाहाले चर्चा गरेका थिए ।

पुस्तक प्रदर्शनीको पहिलो दिन करिव ३ हजार जनाले अवलोकन गरेको र ९० हजारको पुस्तकहरु विक्री भएको आयोजक संस्थाका सचिव श्यामलाल पोखरेलले जानकारी गराए ।

साहित्य कार्यक्रम अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता र शरिता श्रीसको सञ्चालनमा भएको थियो । साहित्यकार बुंद राना, रामचन्द्र भट्टराई, रुद्र वाली, मिनबहादुर राना लगायतका स्रष्टाहरुले गजल र कविता वाचन गरेका थिए ।

पुस्तक पुस्तक प्रदर्शनीमा पाठ्यक्रमका पुस्तकहरु राखिएको छैन । पठन संस्कृति हराउंदै कमजोर हुंदै गएकाले नयां पुस्तामा पठन संस्कृतिको विकास गराउने उद्वेश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको हो ।

पुस्तक प्रदर्शनीमा यस क्षेत्रका लेखक तथा साहित्यकारहरुको सहभागिता रहेको छ । यस क्षेत्रको साहित्य, कला,संस्कृति र संङ्गीतको वर्तमान र भविश्यबारे छलफल गरिने छ ।

साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा दशहजार दर्शकले अवलोकन गर्ने र करिव ५ लाखको पुस्तकहरु विक्री हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।

 
 
  
 

You may also like