रुपन्देहीको ओमसतियामा छोराले गरे बाबुआमाको हत्या

by समतल अनलाइन

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा एक छोराले आफ्नै वृद्ध बाआमाको हत्या गरेका छन् ।

ओमसतिया– ४ का गोरखबहादुर यादवले घरमै बसिरहेको अवस्थामा ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख हेम थापाले जानकारी दिए ।

गम्भीर घाइते आमा थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको थापाले बताए ।

हत्या गर्ने गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like