हैदराबाद बलात्कार घटनाका चारै जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिए

by समतल अनलाइन

काठमाडौं। भारतको हैदराबादमा भएको बहुचर्चित बलात्कारको घटनामा पक्राउ परेका चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। हैदराबाददेखि ५० किलोमिटर पर महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर भएको हो।

तेलंगना प्रहरीका एडीजी जितेन्द्र नेका अनुसार आज बिहान ठिक तीन बजे चारै अभियुक्त इन्काउन्टरमा मारिएका हुन्।

एक प्रहरी अधिकारीका अनुसार गएराति चारै जना अभियुक्तलाई महिला डाक्टरको जलेको शव भेटिएको ठाउँमा लगिएको थियो। जहाँ घटना कसरी भएको थियो भन्नेबारे बुझ्ने क्रममा उनीहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए। सोहीक्रममा भएको मुठभेडमा उनीहरु मारिएका हुन्।

२८ नोभेम्बरमा हैदराबादको एक टोल प्लाजा नजिकै एक जना २६ वर्षीया डाक्टरको जलेको अवस्थामा शव भेटिएको थियो। मृतक डाक्टरको शव परीक्षण गर्दा बलात्कारपछि हत्या गरेर जलाएको थाहा भएको थियो। घटनापछि पक्राउ परेका चारै जना १४ दिनको न्यायिक हिरासतमा थिए।

 
 
  
 

You may also like