अतिक्रमित भूमि फिर्ता ल्याइन्छ : खनाल

by समतल अनलाइन

इलाम । नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले अतिक्रमण गरेको भूमि कुनै पनि हालतमा फिर्ता लिएरै छाड्ने बताएका छन् । बुधबार इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा पाँचदिने सूर्योदय महोत्सवको समापन कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।

अतिक्रमित भूमिबारे नेपालमा ऐतिहासिक एकता कायम भएको भन्दै खनालले नेपालीहरूबीचको एकता नै समस्या समाधानको ग्यारेन्टी भएको बताए । ‘जुनसुकै रूपमा लगिएको होस्, हाम्रो भूमि फिर्ता गरेरै छाड्छौँ,’ उनले भने, ‘हामीलाई भारतको एक इन्च भूमि चाहिएको छैन र हाम्रो भूमि एक इन्च पनि छाड्दैनौँ ।’ उनले अतिक्रमित भूमिका बारेमा दलको आबद्धताभन्दा माथि उठेर एक हुन आह्वान समेत गरे ।

नेता खनालले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी मात्र नभई अनेकन ठाउँमा सीमा अतिक्रमण गरेर नेपाल र नेपालीलाई आघात पु¥याएको बताए । उनले कूटनीतिक र राजनीतिक पहलबाट अतिक्रमणमा परेको भूमि फिर्ता गर्न सरकार लागिपरेको भन्दै सर्वसाधारणलाई केही समय संयमित भएर बस्न आग्रह गरे । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like