पूर्वराजा ज्ञानेन्द्र पश्चिम नेपाल किन घुम्दैछन ?

by समतल अनलाइन

बुटवल । नेकपाकाे दुइ तिहाइकाे सरकार छ । नेपालमा कम्यूनिष्टहरु नै हुन राजतन्त्रकाे खराे विराेध गर्ने । तत्कालीन माअाेबादीले राजतन्त्रलाइ आफ्नाे मूल अजेन्डामै राखेकाे थियाे ।

६२/६३ काे जनआन्दाेलनपछि राजतन्त्र सदाका लागी अन्त्य भयाे । तर अहिले सत्तासिन दलकै कार्यकर्ताले पूर्व राजाकाे पक्षामा हिडेका छन । केहीदिनदेखि पूर्व राजा ज्ञानेन्द्र शाह पश्चिम नेपाल अर्थात रुपन्देही र यसआसपासका क्षेत्रमा छन् ।

यहाँ उनलाइ कार्यकारी राजाकै हैसियतामा स्वागत भइरहेकाे छ । पूर्व राजाकाे स्वागतमा नेकपा र काँग्रेस समर्थित दलका सक्रिय कार्यकर्ता संलग्न भएका छन ।

पूर्वराजा शाहले मंगलबार रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा पुगेका छन् । मर्चवारमा रहेको मर्चवारी देवीको मन्दिर र भैरहवामा रहेको हनुमान मन्दिरमा पूर्व राजा शाखले पूजापाठ तथा आरती गरेका छिन् ।मधेशी क्षेत्र रहेको मर्चवारमा दोश्रो पटक पुगेको पूर्व राजाले मन्दिरमा मर्चवारीमाई, रामजानकी र मर्चेश्वेर महादेवको आराधना गरेका छन् ।

उनले मन्दिरमा करिब १५ मिनेट चण्डी पूजा गरेका छन् ।मन्दिरमा पूजा गर्नाले मनोकामना पुरा हुनुका साथै नेपालको राजनितिज्ञ विशिष्ट व्यक्तिहरुले पूजापाठ गर्नाले सफलता हात लाग्ने गरेको मन्दिरका पूजारी शम्भु शरणदास त्रिपाठीको भनाई छ ।

यस अघि ०६८(६९ सालमा पनि भ्रमणमा निस्किएका पूर्व राजा शाह यस मन्दिरमा दर्शन पुजा गरेका थिए ।पूर्वराजाको स्वागतका विभिन्न दलका कार्यकर्ता, जनप्रतिनिधी, सर्वसाधरणहरु भिड लागेको थिए । मर्चवारीमाई मन्दिरमा दर्शनपूजा गरेपश्चात उनी भैरहवा स्थित हनुमान मन्दिरको दर्शन गरेका छन् ।

पूर्वराजा शाहलाई स्वागत गर्दै उनका समर्थकहरुले ‘राजा आवा, देश बचावा’, “हम्मनके राजा हमार देश, प्राणसे प्यारा बाटे” जस्ता नारा स्थानिय भोजपूरी भाषमै लगाएका थिए ।

आइतबार भैरहवा आएका पूर्व राजा शाह भैरहवालाई मुकाम बनाएर प्रदेश नम्बर ५ का विभिन्न जिल्लाको भ्रमणमा छन् ।सोमबार रुपन्देहीको पर्रोहा बोलबमधाममा षोडस उपचार विधीबाट पुजा गरेका शाहले मंगलबार मर्चवारीमाई मन्दिरमा दर्शन पुजा गरेर बुधवार विभिन्न व्यक्तित्वसगँ भेटघाट गर्ने कार्यक्रम रहेको मूल भ्रमण समितीका अंचल संयोजक शक्ति सापकोटाले जानकारी दिए ।

धार्मिक भ्रमण भनिएपनि पूर्वराजाले नागरिककाे मनाेभावना बुझदै हिडेकाे विश्लेषण छ ।

 
 
  
 

You may also like