रोट्याक्ट डिस्ट्रिक ३२९२ जोन ११ को जोनल कट्स बुटवलमा सम्पन्न !

बुटवल साउन २३। रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भूटान अन्तर्गत जोन ११ को क्लब अफिसर्स ट्रेनिगं सेमिनार बूटवलको होटल एभिन्यू मा सम्पन्न भएको छ । जोन ११ का रोटरी बर्ष २०१९,२० का जेडआरआर रो प्रकाश शर्मा को अदक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिषिष्ट अथितिको रुपमा रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भूटानका रोटरी बर्ष २०१९ ,२० का डिआरआर इलेक्ट रोट्याक्टर संजिव पौडेल यसैगरि अथितिको रुपमा एडिआरआर उमानाथ अधिकारी एडिएस लक्ष्मण खरेल एडिएलटि बन्दना अधिकारी , रमेश नेपाल , एडिटि बिक्रम क्षेत्रि लगायत जोन १२ का जेडआरआर स्टडि वल्र्ड एजूकेशनका प्रबन्ध निर्देशक लगायत जोन ११ का सम्पूर्ण क्लब का अदक्ष्य तथा प्रतिनिधि हरु को उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा ३ वटा सेसनमा जोन ११ अन्र्तगत १२ वटा क्लबका सदस्यहरुलाइ तालिम तथा सिकाइ पद्धति दिएको थियो उक्त सेशन अन्र्तगत प्रसिडेन्ट सेक्रेटरी , डाइरेक्टर तथा अन्य बोर्ड सदस्य तथा नया सदस्यहरुको लागि गरि छूट्टा छूट्टै ३ वटा हलमा राखिएको थियो उक्त सेसनमा रोट्याक्ट रोटरी का गतिबिधि लिडरसिप डेपलप्मेण्ट रिर्पोेटिगं लगायत रोट्याक्ट नेपाल अन्र्तगत को सम्पूर्ण पद्धतिहरु मा फोकस गरि ट्रेनिगं दिएको थियो प्रेसिडेन्ट सेक्रेटरी , तथा डाइरेक्टर हरुको शेशन रोट्याक्टर बन्दना अधिकारी ले लिएकी थिइन भने नया सदस्य तथा डाइरेक्टर हरुको शेशन रोट्याक्टर प्रभाष रोय तथा नया सदस्यहरुको शेशन रोट्याक्टर मन्जू लोहनि लिएकि थिइन । ३ वटै शेसन लाइ धेरै समय दिएका डिष्ट्रिक्ट ३२९२ बर्ष २०१९,२० का डिआरआर इलेक्ट रोट्याक्टर संजिव पौडेलले रोट्याक्टरहरु ले सिक्नूपर्ने कूराहरु धेरै रहेको र यस किसिमको जोनल कट्सले धेरै मात्रामा टेवा पूगेको बताएका थिए , टे्रनिगं शेसनमा बोल्दै पौडेलले जोन ११ रोट्याक्ट डिष्ट्रिक्ट को एक मेरुदण्ड को रुपमा रुपमा रहेको र जोनल कट्स भब्य रुपमा सफल भएकोमा शूभकामना समेत ब्यक्त गरेका थिए । यसैगरि जोन ११ का जेडआरआर प्रकाश शर्मा ले आफ्नो कार्यकालमा जोन ११ मा अत्यधिक मात्रामा नया रोट्याक्टरहरु उत्पादन गर्ने मूख्य लक्ष्य रहेकोले रोट्याक्टको गरिमा तथा महत्वलाइ बचाउन क्षमतावान नया रोट्याक्टर हरु वृद्धिले महत्वपूर्ण भूमिका खेल्ने भनाइ ब्यक्त गरेका थिए ।

नया सदस्यहरु को सेसनमा करिब १० मिनेट समय लिएका शर्माले मान्छेहरु आफ्ना आवश्यकता अरु बाट पूरा गर्ने सोच रहेकोले मान्छेहरु सक्षम नहूने भन्दै रोट्याक्टको प्लेटफर्म मात्र एक सक्षम क्षमतावान र लिडसिप स्किल बिकास गर्ने मार्ग रहेकोले १८ देखि ३० बर्षका यूवा रोट्याक्टरले आफ्नो लागि आफैले कार्य सम्पादन मा ध्यान दिनूपर्ने धारणा राखेका थिए । हाल जोन ११ अन्र्तगत १२ वटा रोट्याक्ट क्लबहरु रहेको छन । रोट्याक्ट क्लब अफ बूटवल रोट्याक्ट क्लब अफ भैरहवा ,रोट्याक्ट क्लब अफ तिनाउ सिटि, रोट्याक्ट क्लब अफ पाल्पा तानसेन, रोट्याक्ट क्लब अफ बूटवल डाउनटाउन, रोट्याक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेज, रोट्याक्ट क्लब अफ सेन्ट्रल लूम्बिनि ,रोट्याक्ट क्लब अफ कपिलबस्तू, रोट्याक्ट क्लब अफ कपिलबस्तू मिडटाउन, रोट्याक्ट क्लब अफ तिलोक्तमा रुपन्देही, रोट्याक्ट क्लब अफ बूद्धभूमि ,रोट्याक्ट क्लब अफ धनगढी रहेका छन ।

हाल रोट्याक्ट डिष्ट्रिक्ट ३२९२ मा बर्ष १९,२० को डिआरआर का रुपमा रोट्याक्टर स्नेहा शाक्यले हाकि रहेकी छन । उनि रोट्याक्ट इतिहासमा नै पहिलो महिला डिआरआर समेत बनेकि छन र उनले आफनो कार्यकालमा सक्षमता र साझेदारी भन्ने डिआरआर थिम लिएर कार्य सम्पादन गरिरहेकी छन । हरेक ब्याक्ति परिवार संघ संस्थाहरु पहिले सक्षम हून आवश्यक रहेको तथा तत पश्चात अन्य संस्थाहरु प्रति साझेदारीता हूने हूनाले त्यसको लागि असल मार्ग रोट्याक्ट प्लेटफर्म रहेको बताएकि छन । यता जोन ११ भने रोट्याक्टर प्रकाश शर्माले हाकि रहेका छन उनि बर्ष २०१९,२० का लागि सर्वसम्मत रुपमा चयन भएका थिए । हाल रोट्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भूटान अन्र्तगत १३ वटा जोन र करिब १२६ माथि क्लब रहेका छन । उक्त कार्यक्रमा जोन ११ का १२ बटा क्लब का करिब १ सय ६२ जना भन्दा बढिको सहभागिता रहेको थियो कार्यक्रमको स्वागत मन्तब्य रोट्याक्टर दिनेश गैरे तथा धन्यवाद ज्ञापन रोट्याक्टर मधू भट्टराइ दिएका थिए भने कार्यक्रमको संचालन जोन ११ का जेडएस रोट्याक्टर किरण न्यौपाने को रहेको थियो ।

 
 
  
 

You may also like