पत्रकारलाई जवाफदिंदा कुरा बिग्रे पनि भोट बिग्रंदैन, जनतालाई जवाफ दिंदा कुरा बिग्रे भोटै नै बिग्रन्छ : पर्यटन मन्त्री भट्टराई

२३ साउन, बुटवल । संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले डिसेम्बर ३० सम्ममा गौतमबुद्ध अन्तरराष्ट्रिय बिमान स्थल बिमान अवतरण गर्न उपयुक्त भई सक्ने दाबी गरेका छन ।

प्रेस संगठन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले गौतमबुद्ध बिमान स्थल आफ्नो र प्रधानमन्त्री ओलीको पनि सपना भएकाले बिमानस्थल निर्माणको काम कुनै पनि बहानामा नरोकिने बताए ।

उनले बिमानस्थलको काम नरोकिने गरि निर्माण सामाग्रीहरु उपलब्ध गराईदिन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले कामको पहिलो बिन्दु गौतमबुद्ध बिमानस्थलबाट सुरु गर्न आफुलाई निर्देशन दिएको स्मरण गरे ।

पार्टीले निर्वाचनका बेला गरेको बाचा कबुल र घोषणापत्रमा उल्लेख भएका सबै कुरा आगामी ३ वर्षमा पुरा गर्ने गरि सरकार लागेको बताउंदै मन्त्री भट्टराईले आगामी वर्ष बजेट कार्यान्वयनको बर्ष हुने स्पष्ट पारे ।

पार्टी स्थायी समिती सदस्य समेत रहेका मन्त्री भट्टराईले पत्रकारलाई गलत कुरा बताउंदा पार्टीको भोट नघट्ने तर जनतालाई गलत कुरा बताए भोट घट्ने प्रति आफु सचेत रहेको बताउंदै पार्टी र सरकार आफ्ना कमजोरीहरुलाई सच्याउंदै अगाडी बढ्न तयार रहेको बताए ।

सरकारले अगाडी सारेको भ्रमण बर्ष २०२०लाई सफल बनाउन बिशेष कार्यक्रम तयार भईरहेको बताउंदै उनले बिदेशमा रहेका ५० लाख नेपालीले प्रत्यकले १ जना बिदेशी नेपाल पठाउन सके सरकारको २० लाख पर्यटक भित्राउने लक्ष्य सजिलै पुग्ने बताए । बिदेशमा बस्ने र फेसबुकबाट नेपाल खत्तम भयो भन्दै देशको बेईज्जत गर्न छाड्नु पर्ने उनको भनाई थियो ।

मन्त्री भट्टराईले आजै लुम्बिनी सर्किट अन्तर्गत रामग्राम, तिलौराकोट, देवदह लगायतका स्थानहरुको अवलोकन गरेका थिए । साउन १५ गते पर्यटन मन्त्रीको जिम्मेवारी पाएका भट्टराईको मन्त्री भईसकेपछि काठमाण्डौ बाहिरको पहिलो भ्रमण हो ।

 
 
  
 

You may also like