गुल्मीमा जेसिबी दुर्घटना हुदा ३ जना घाइते, एककाे अवस्था गम्भीर

by समतल अनलाइन

गुल्मी । गुल्मीमा जेसिवि दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्लाकाे मुसिकाेट नगरपालिका ४ इन्द्रेगाैडामा लु १ क २०८२ नम्बरकाे जेसिवि दुर्घटनामा जनाइएको छ।

दुर्घटनामा परि धुर्काेट गाँउपालिका ४ जैसिथाेकका २९ बर्षिया पदम राना, प्युठानकाे गाैमुखि गाँउपालिका ३ बस्ने २२ बर्षिया कुमार घर्ती र अर्घाखाँचीकाे पाणिनी गाँउपालिका ३ का ३२ बर्षिया लक्षमण कुमाल रहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मीन बहादुर घलेले जानकारी दिए ।

घाइते तीनै जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि बुटवल रिफर गरिएकाे छ । घर्ती र रानाकाे अवस्था सामान्य रहेपनि कुमालकाे अवस्था भने गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । जेसिवि सडकबाट करिब ३०० मिटर तल खसेकाे छ ।

 
 
  
 

You may also like