जनस्वास्थ्यको विषयमा अझै बुझाउन धेरै बाँकी छ : मन्त्री बराल

by समतल अनलाइन

बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले जनतालाई खोपको महत्वको विषयमा अझै धेरै कुरा बुझाउन बाँकी रहेको बताएका छन् ।

उनले जनस्वास्थ्य जस्तो गम्भिर र महत्वपूर्ण अवस्थाको विषयमा उचित समयमा उचित किसीमको सचेतना नहुँदा अझै पनि खोप लगायतका विभिन्न कार्यक्रमहरु प्रभावित हुने गरेको बताए ।

नेपाल सरकार, स्वाथ्य तथा जनसंख्या मन्त्रालय,स्वाथ्य सेवा विभाग, परिवार कल्याण महाशाखले बुटललमा आयोजना गरेको पूर्ण खोप कार्यक्रम, दादुरा रुवेला खोप अभियान सम्बन्धी अन्तरक्रिया कर्याक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्य क्षेत्रको अभियानमा सरकारले एक्लै सहभागी भएर सार्थकता पाउन नसक्ने बताएका हुन ।

मन्त्री बरालले स्वाथ्यको विषय अन्य भन्दा जटिल र संवेनशिल भएको भन्दै यसमा सबैको साथ, सहकार्य आवश्यक भएको बताए । कार्यक्रममा सामाजिक विकास समितिका सभापती दिर्घनारायण चौधरी, प्रदेश सभा सदस्य दिपा विश्वकर्मा, दामा शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा कार्यक्रमको उदेश्यमाथि परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख अधिकृत लक्ष्मी मरासीनिले प्रकाश पारेका थिइन ।

यस्तै कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रको विषयमा प्रम्ख बाल स्वाथ्य तथा खोप सेवा शाख डा.झलक गौतम, दादुरा रुवेला खोप अभियान, रोटा तथा सरसफाईको विषयमा बाल स्वथ्य प्रमुख खोप अधिकृत भरत भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 
 
  
 

You may also like