जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री बितरण

by समतल अनलाइन

मनाेज कार्की
गुल्मी । पछिल्लो समय हाेटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनाेरञ्जनकाे नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ । तर गुल्मीका एक युवाले आफ्नो जन्मदिन फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् ।

जन्मदिनको अवसरमा गुल्मीकाे मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका शेषकान्त लम्सालले बिद्यालयमा खेलकुद सामाग्री बितरण गरेका छ्न ।
उनले मालिका गाउँपालिकाकाे देविस्थान माध्यमिक विद्यालय घमिर , बरारुख आधारभुत बिद्यालय घमिर , मैदानचौर प्राथामिक विद्यालय घमिरमा शैक्षिक सामग्री बितरण गरेका हुन् ।

उनले घमिरमा रहेका चार बिद्यालयमा एक/एक थान भलिबल सेट प्रदान गरेका हुन् ।
शेषकान्त नेपाल लाइफ इन्स्योरेन्स गुल्मी शाखाका एजेन्सी म्यानेजर हन् ।
शैक्षिक सामाग्री बितरण कार्यक्रममा वडाध्यक्ष वेद प्रसाद पन्थी , बिद्यालयका शिक्षकहरु , समाजसेवी , बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like