लुम्बिनी बौद्धबिश्व बिद्यालय अन्र्तराष्ट्रिय मापदण्डःमुख्यमन्त्री पोखरेल

by समतल अनलाइन

लुम्बिनी।लुम्बिनी बौद्धबिश्व बिद्यालय कछुआगतिमा अगाडी बढीरहेको बेला प्रदेश नं. ५ का मुख्यमन्त्री शंकरपोखरेलले बिश्व बिद्यालयले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार शैक्षिक सेवा पुरयाउनु पर्ने बताएका छन ।
सो कुरा उनले लुम्बिनी बौद्धबिश्व बिद्यालयको १५ औं बार्षिक उत्सव तथा अनुसन्धानकेन्द्र भवन शिलान्यास समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।

बुद्धशिक्षालाई बिश्वब्यापीकरणका लागि खोलिएको नेपालको एक मात्र बौद्धबिश्व बिद्यालयले संसार भरिका बुद्धशिक्षा अध्यन गर्ने छात्रछात्राहरुलाई आर्कषण गरि पठनपाठन शुरु गरे बिश्वबिद्यालयबाटै शिक्षा समबृद्धि हुने जिकिर गरे ।

लुम्बिनी बौद्धबिश्व बिद्यालयबाट उत्पादित जनशक्ति बुद्धजीवनी सँग सम्बन्धित स्थानहरुको आन्वेषण अनुसन्धान कार्यमा खटाई प्रदेश सरकारबाट बृति समेत प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री पोखरेलले जानकारी गराए ।
मुख्यमन्त्री पोखरेलले पर्खाल बाहिरको लुम्बिनी र पर्खाल भित्रको लुम्बिनीलाई समायोजन गर्न वरिपरिका गाँउ र नगरपालिका सँग समन्वय र सहकार्य बढाउन लुम्बिनी बिकास कोषलाई निर्देश समेत जारी गरे ।

कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बुद्ध दर्शनलाई जीवन पद्धतीको रुपमा उजागर गर्न लुम्बिनी बिकास कोष तथा लुम्बिनी बौद्धबिश्व बिद्यालय बीच सहकार्य आवश्यक रहेको बताए ।

समारोहका अर्का बक्ता प्रदेशसभा सदस्य फकरुद्दीन मुसलमानले बिश्वबिद्यालयको प्रधान कार्यालयमा एकेडेमिक भवन तथा होस्टेल हुदाहुदै पनि छात्रछात्राहरुको आभाव देखाएर बी.बी.टी.एम.र बि.एल.एल.बी. कक्षा बुटवलमा संचालन गर्ने कार्यबाट लुम्बिनीबासीको चित्त दुःखेको गुनासो गरे ।
लुम्बिनी बौद्धबिश्व बिद्यालयका रजिष्टार तिलकराम आचार्यको स्वागत उपकूलपति ह्रदयरत्न बज्रचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पूर्ब क्याम्पस प्रमुख ईन्द्र काफलेले गरेका थिए ।
सोही क्रममा मुख्यमन्त्री पोखरेलले जगमा पाँचवटा ईटा थपेर ३० करोडको लागतमा बन्ने लुम्बिनी बौद्धबिश्वबिद्यालयको अनुसन्धान केन्द्र भवन शिलान्यास समेत गरेका थिए ।

 

 
 
  
 

You may also like