गढीमाई–२ मा कांग्रेस उम्मेद्वार दिपेन्द्र श्रेष्ठ विजयी

by समतल अनलाइन

रौतहट। रौतहटको गढीमाई नगरपालिका–२ मा कांग्रेसका उम्मेद्वार दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । १७५ मतले श्रेष्ठ विजयी भएका हुन् । उनले ७७१ मत पाउदा नेकपाका जवार मियाले ५९६ मत पाए ।

त्यसैगरी समाजवादीले १२२ राजपाले १६ र जनमत पार्टीले १२ र राप्रपाका उम्मेद्वारले ४ मत पाएका छन् । बदर २८ रहेको छ । गढीमाई–२ मा रहेको समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको क र ख केन्द्र तथा श्री प्रावि हथिऔल केन्द्रमा मतदान भएको थियो । उक्त वडामा १८ सय २२ मतदाता रहेको मा १५ सय ४४ मत खसेको हो ।

 
 
  
 

You may also like