‘रोटरी सेवा पदक-२०१९’ को पदक साधना महिला बिद्यालयललाई

by समतल अनलाइन

बुटवल । रोटरी क्लव अफ बुटवलले प्रदान गर्ने यस वर्षको ‘रोटरी पदक-२०१९’ ‘साधना महिला बिद्यालय’ बुटवललाई प्रदान गर्ने निर्णय गरेको छ ।

पदक छनौट समितिले छनौट गरी गरेको सिफारिसका आधारमा नारी उत्थान र लैंङ्गिक समानताको क्षेत्रमा काम गरेको बुटवल ६ मा रहेको साधना महिला बिद्यालयलाई क्लवले पदक सहित २ लाख राशीको नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको क्लवका अध्यक्ष दिल्लीकुमार श्रेष्ठले जानकारी गराए ।

क्लवले स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, सीप बिकास सचेतना कार्यक्रम, सामुदायिक परियोजनाको बिकास एवं कार्यान्वयन लगायतका सामाजिक काम गर्दै आएको छ । सेवा, बिकास, शान्ति र समृद्धिको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा समुदायलाई सघाएर योगदान गरेका व्यक्ति तथा संघसंस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थायी अक्षयकोष स्थापना गरि शिक्षा, स्वास्थ्य सरसफाई र सामुदायिक काम गरेका, सीप सिर्जना र बिकास, गरिबी निवाहरण, जनउपयोगी खोज र नारी उत्थान र लैंगिक समानता ५ बिषयमा योगदान पु¥याउने व्यक्ति प्रत्येक २ वर्षमा एक बिषयमा पदक प्रदान गरिने छ ।
त्यसकालागि क्लवले १७ लाख ५० हजार राशीको अक्षयकोष स्थापना गरिएको अध्यक्ष श्रष्ठले बताए ।

प्रत्येक २ वर्षमा क्लवको स्थापना दिवसमा प्रदान गरिने उक्त पदकबाट यस अंगाडी शिक्षा क्षेत्रबाट सुवर्णकुमारी श्रेष्ठ र जनउपयोगी खोज विषयमा महाबिर पुनलाई सम्मान गरिसकिएको छ । यो वर्ष २०६३ साल बैशाख १८ गते बुटवल उपमहानगरपालिका वडा न. ६ मा स्थापना भएको साधना महिला बिद्यालयले नारी उत्थान र महिला समानताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै रोटरी सेवा पदक-२०१९ बाट सम्मान गर्न लागिएको हो ।

बिद्यालयको स्थापनाकालदेखि हालसम्म १० देखि ७० वर्ष उमेरका २ हजार बढी बालबालिका तथा महिलाले पढ्ने अवसर प्राप्त गरेका छन् भने ६७ जना प्रौढ महिलाले एसएलसी/एसईई हासिल गरेको बताईएको छ । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षालाई पुरा गरौं’ भन्ने उद्देश्यका साथ सामान्य बिद्यालयहरुमा जान नसक्ने महिलाहरुलाई समाजसेवी, शिक्षाप्रेमीहरुसंग सहयोग जुटाएर भएपनि शिक्षा प्रदान गरि शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गरेकाले छनौट गरिएको क्लवले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

उक्त पुरस्कार यहि मंसिर १५ गते क्लवको स्थापना दिवस डिसेम्बर १ मा प्रदान गर्दैछ । यस बाहेक क्लवले गरिव तथा जेहेन्दार छात्र–छात्रा, उत्कृष्ट पत्रकारलाई सम्मान गर्दै आएको छ भने सामुदायिक सेवा केन्द्रमा समुदायको आर्थिक सवलीकरणकालागि परियोजनाहरु सञ्चालन गर्दै आएको क्बले जनाएको छ ।

स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गर्दै आएको क्वले हालसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन जेनेरेसन प्लान्ट, शंकरनगर स्थित बनबाटिकामा बालरेल सञ्चालन, बुटवलको मुटु अस्पतालमा क्याथल्याव सेवा प्रदान गरेको छ भने रगतको अभाव हुन नदिनकालागि अत्याधुनिक कलेक्सन भ्यानको लागि ग्लोवल ग्राण्ड अप्लाई भएको तथा शंकरनगर बनबाटिकामा ई–लाईवेरी तथा साईन्स थिएटर स्थापनाकालागि प्रारम्भिक अध्ययन गरि ग्लोवल पाटनरकालागि आह्वान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

 

 
 
  
 

You may also like