वरिष्ठ पत्रकार एवं साहित्यकार विनयकुमार कसजुको निधन

by समतल अनलाइन

काठमाडौं । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । लतिलपुरको मेडिसिटी अस्पतालमा आईसीयूमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो ।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले दिउँसो २ बजे कसजुको निधन भएको बताए । निमोनियका कारण गम्भीर विरामी भएका उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सन् १९९६ देखि १९९९ सम्म नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा सेवा गरेका कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा काम गरेका थिए । उनको जन्म सन् १९४७ जुलाई १८ मा पाल्पाको तानसेनमा भएको थियो

 
 
  
 

You may also like