कञ्चनमा निशुल्क योग साधना सुरु

by समतल अनलाइन

कञ्चन।रुपन्देहीको कञ्चन ५ मा निशुल्क योग साधना शिविर शुरु भएको छ । योगासन, प्राणायम र ध्यानले शरीरका इन्द्रिय, मन र बुद्धिलाई पवित्र, निर्मल र स्वस्थ बनाउने हुनाले कञ्चन गाउँपालिकाको आयोजनामा कन्चन ५ को वडा कार्यलय नजिकैको चौरमा आजदेखी एक हप्ते योग शिविर शुरु गरिएको हो ।


योग साधना शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले योगाले मानिसलाई स्वस्थ र पÞmुर्तिलो बनाउने हुँदा कञ्चन बासिलाई निरोगी र स्वास्थ बनाउने उद्देश्यका साथ गाउँपालिकाले वर्षे्नि बजेट छुट्याउने गरेको बताउनु भएको थियो ।
अध्यक्ष क्षेत्रीले शरीर स्वस्थ रहे मात्र ब्यक्तिले घर संगै सामाजिक कार्यमा पनि सहभागिता जनाउन सक्ने भएको हुँदा योगा संगै दिनको शुरुआत गर्न सके जीवन स्वस्थ र सफल बन्नेमा दुईमत नरहेको बताउनु भएको छ ।

योगाचार्य एवं पञ्चगब्य आयुर्वेद विशेषज्ञ बाबा योगिराजको प्रशिक्षणमा आजदेखी शुरु भएको निशुल्क योग शिविर १६ गते सम्म सञ्चालन हुने छ । योग साधना शिविरमा सहाभागी सबैको समयलाई ध्यानमा राखी भोलिदेखि बिहान ५ः३० देखि ७ बजेसम्म योग शिविर चल्ने कार्यपालिका सद्स्य गोपाल विस्वकर्माले जानकारी दिनुभएको छ ।

 
 
  
 

You may also like