प्रदेश ५ को कृषि मन्त्रालय मणिग्राममा सार्ने तयारी : बैजनाथ चाैधरी

by समतल अनलाइन

बुटवल।प्रदेश नम्बर ५ सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले प्रदेशको कृषि मन्त्रालय मणिग्राममा रहेको राममणिको पश्चिम ब्लकमा सार्ने तयारी भएको बताएका छन् ।

उनले बुटवलमा स्थान नभएकाे र अहिले मन्त्रालय भएकै ठाँउमा प्रदेश लाेकसेवा आयाेग भएकाले एकै ठाँउ राख्नु उचित नहुने बताए ।

राममणी बहुमुखी क्याम्पस तिलोत्तमा मणिग्रामको पहिलो क्याम्पस सभामा बाेल्दै उनले अब छिट्टै मन्त्रालय सारिने बताए । रोमणीप्रसाद पाठकको अध्यक्षतामा भएको साे कार्यक्रममा क्याम्पस प्रमुख मोहनराज शर्माले क्याम्पसको भौतिक,शैक्षिक अबस्थाको बारेमा प्रतिबेदन पेश गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष गोपल प्रसाद भट्टराइ,पूर्व संचालक क्या यमबहादुर क्षेत्री, लगायतले बोल्दै राममणीले नेपालमै शैक्षिक क्षेत्रमा फरक पहिचान स्थापित गरेको बताएका थिए । यसैबिच राममणीको संचालक समितिको अध्यक्षमा पुन रोमणी प्रसाद पाठकको नेतृत्वमा समिति चयन भएको छ ।

 
 
  
 

You may also like