छोरालाई लिएर गरीब विद्यार्थीलाई सहयोग गर्न स्कुल पुगिन् हिमानी ( फोटो फिचर )

by समतल अनलाइन

हिमानी ट्रष्टले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शनिवार विहान राजधानीको बानेश्वर शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई हिमानी ट्रष्टका टर्फबाट पूर्व युवराज्ञी हिमानी शाहले विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । गरीबीका कारण बालबालिका पढ्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले ट्रष्टले शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हो ।

कार्यक्रममा हिमानी ट्रष्टी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहका साथमा ट्रष्टका पदाधिकारी र हिमानीका छोरा हृदयन्द्र शाहपनि उपस्थित थिए ।

ट्रष्टले स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको हो ।कार्यक्रममा बलिउड नायिका मनिषा कोइराला पनि उपस्थित थिईन् । लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविर पनि संचालन गरिएको थियो । हिमानीले समेत रक्तदान गरेकी थिइन् । पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रष्ट मार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आएकी छिन् ।

 

 
 
  
 

You may also like