सिरिया युद्धमा फसेका बालबालिका बेलायत फर्काइयो

by समतल अनलाइन

काठमाडौं। सिरिया युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइएको बेलायती विदेश मन्त्रालयले जनाएको छ ।

सिरियमा इस्लामिक स्टेट विद्रोही पराजित भएपछि उनीहरुलाई त्यहाँबाट स्वदेश फिर्ता ल्याइएको बालबालिकाको पहिलो समूह हो । एक परोपकारी संस्थाले सिरियामा फसेका सबै ब्रिटिस बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका छन् ।

विदेशमन्त्री डोमिनिक राबले ती अबोध बालबालिकालाई युद्धभूमिको त्रास भाग्न बाध्य बनाइएको भन्दै खेद प्रकट गरेको बीबीसीले जनाएको छ । उनले ती बालबालिकाको गोपनियताको अधिकारको सम्मान गरिने समेत बताएका छन् ।

गत मार्चमा इस्लामिक स्टेट पराजित भएपछि त्यहाँ रहेका विदेशी त तिनीहरुका बालबालिकाको भविष्यबारे विभिन्न प्रश्न उठिरहेको बताइएको छ । फ्रान्स, डेनमार्क, नर्वे र काजकास्तानमा आइएसलाई सहयोग गर्न सिरिया पुगेका विदेशीहरु यसअघि नै आफनो देश फिर्ता भइसकेका छन् ।

सेभ द चिल्ड्रेनका अनुसार अझै ६० जना बेलायती बालबालिका सिरियामै फसेका छन् । यसैबीच नेदरल्याण्ड्सको एक अदालतले ६० जना डच बालबालिका स्वदेश फर्काउन सिरिया सरकार बाध्य नहुने फैसला सुनाएको छ । एजेन्सी

 

 
 
  
 

You may also like