कानुनले काम गरेको भए ठूला नेता र कर्मचारी अहिले जेलमा हुन्थे : चन्द्र भण्डारी

by समतल अनलाइन

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरू अहिले जेलमा हुने टिप्पणी गरेका छन् । मंगलवार काठमाडौँमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरूले अहिले मुलुक चलाउन नसकेको बताउँदै भाषण गर्नेहरूले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने दावी पनि गरे ।

उनले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिब राखेर झुपडी बनाउने प्रवृत्तिका कारण मुलुक गरिब भएको बताए । नेता भण्डारीले विकास निर्माणमा नेताहरूको क्षमता नपुगेको बताए ।

 
 
  
 

You may also like