दुर्गा प्रसाई भोलि बुटवलको सभामा आउने

by समतल अनलाइन

बुटवल। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानले माघ ९ गते मंगलबार बुटवलमा सभा गर्ने भएको छ । सभालाई प्रमुख वक्ताका रुपमा अभियानका संयोजक दुर्गा प्रसाईले सम्बोधन गर्ने कार्यक्रम रहेको अभियानले जनाएको छ । सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभियानका रुपन्देही संयोजक धनबहादुर अधिकारीले बुटवलको ट्राफिकचोकमा दिउंसो १ बजेदेखि सभा शुरु हुने जानकारी दिए ।

सभामा रुपन्देही र आसपासका जिल्लाबाट करिब १० हजारजनाको उपस्थिति हुने अधिकारीले दावी गरे । अभियानका लुम्बिनी महासचिव प्रेम थापाले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण सिर्जित समस्या समाधान, प्रदेश संरचना खारेजी,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राजसंस्थाका लागि जनदवाव सिर्जना गर्न अभियानले देशव्यापी कार्यक्रम गर्दै आएको बताए ।

अभियानका जिल्ला सहसंयोजक शंकर कोइरालाले सभाको तयारी पूरा भएको र सभामा तीन जना मात्रै वक्ता हुने जानकारी दिए । सभामा अवाञ्छित गतिविधि हुन नदिन प्रशासन र सुरक्षा निकायको सहयोगको अपेक्षा आफूहरुले गरेको कोइरालाले बताए ।

 
 
  
 

You may also like