नेपाली भूमी कब्जा गरेर भारतीयको खेती

by समतल अनलाइन

झापा । नेपाली भू–भाग मिचेर सीमा पश्चिम सार्दा समेत चित्त नबुझेका भारतीयले अहिले उनीहरु आफैंले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् ।

गौरीगञ्ज गाउँपालिका साविक आमगाछी–४ मा यस्तो अवस्था रहेको छ । सोही स्थानको खेल मैदान पूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकैखेती गरिरहेका छन् ।

भारतीय पक्षबाट सीमा पश्चिम सारिएपछि अहिले आमगाछीको पचासौं बिघा जमिन भारतीयको कब्जामा रहेको स्थानीयले बताएका छन् । नेपाल समाचारपत्रबाट

 

 
 
  
 

You may also like