डेँगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । नेपाल रेडक्रस सोसाइटी पर्रोहा उपशाखा सैनामैना द्वारा विहिबार विद्यालय स्तरमा डेँगु रोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना स्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आज सचेतना कार्यक्रममा सम्पन्न भएको हो ।

सैनामैना नगरपालिकामा रहेका पर्रोह मा.वि,सुनगाभा पब्लिक मा.वि,सैनामैना मा.वि,पश्चिम पर्रोहा मा.वि लगायतका १२ विद्यालय तथा शुद्धोधन गाउँपालिकामा अवस्थित शिशै मा.वि गरि १३ विद्यालयका विद्यार्थीले सहभागीता जनाएको उक्त कार्यक्रम बर्तमान समयमा डेँगु रोगको प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा विद्यार्थीलाई सचेत गराईएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्रोहा उपशाखाका अतिरिक्त क्रियाकलाप संयोजक दिनेश पौडेलले स्वागत मन्तब्य राख्दै कुनै पनि रोग नलाग्दै सचेतहुनुपर्नेमा जोड दिनुभयो । भने प्रशिक्षकको भुमिकामा रहनुभएकी बिष्णा खड्काले विद्यार्थीलाई प्रशिक्षण दिदै एडिस एजिप्टाई र एडिस आल्बोपिक्टस नामक पोथी लामखुट्टेको टोकाइबाट डेँगु रोग सर्ने र रोग लागिसके पछि ज्वरो आउने , जोर्नीहरु दुख्ने , छाला मुनि रगतको धब्बा देखिने , रक्तचाप घट्ने जस्ता समस्याहरु देखा पर्ने बताउनुभयो । उहाँले डेँगु रोग बिरुद्धको कुनै उपचार नभएको भन्दै डाक्टरको सल्लाह विना ब्रुफेन , एस्प्रीन जस्ता अौषधी सेवन नगर्न आग्रह गर्नुभयो । यस्तै लामखुट्टेको टोकाइबाट बच्ने , पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने , एसि , कुलर लगायतबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्ने गरेमा डेँगु रोगबाट बच्न सकिने कुरा खड्काले बताउनुभएको हो ।

त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथि समेत रहनुभएका मुर्गिया खानेपानी उपभोक्त तथा सरसफाइ समितिका अध्यक्ष शालिकराम भण्डारीले शुभकामना मन्तब्य राख्दै धेरै जसो रोग आफ्नै भान्छा बाट उत्पन्न हुने बताउदै विद्यार्थीलाई जङ्क फुडबाट टाढा रहन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम् सैनामैना नगरपालिका वडा नं ४ का वडाध्यक्ष धन बहादुर कार्कीले आफू स्वयम् डेँगु रोगबाट ग्रसित हुदा भोगेको पीडा सहभागीमा सुनाउँदै डेँगु लाग्दा एन्टिबायोटिक भन्दा पनि घरेलु झोलिला पदार्थ सेवन गर्नेुपर्ने कुरा ब्यक्त गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटी पर्रोहा उपशाखा सचिब कृष्ण कण्डेलको सञ्चालनमा सम्पन्न कार्यक्रमको अन्तयमा बोल्दै सभापति लोकनाथ अधिकारीले रोग जस्तोसुकै भए पनि समयमै सचेत नभएमा ज्यान नै जोखिममा पर्ने भन्दै डेँगुबाट संक्रमितले रगत माग्दा तथा अन्य कुनै घटना बाट प्रभावितलाई रक्तदान गर्न आग्रह गर्नुभयो ।

 
 
  
 

You may also like