नव नियुक्त कृषिमन्त्री भुसालले भने, ‘लोभ राख्दिनँ, डराउँदिन’

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका नयाँ मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्  ।शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै नव नियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफू लोभ लालचा राखेर कुनै पनि काम नगर्ने र काम गदा आइपर्ने अप्ठ्याराहरुसँग डराएर पछि नहट्ने स्पष्ट पारेका छन् ।

उनले आफूले इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार कृषिमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री भुसालले भने, ‘म लोभ र डरमा काम गर्दिनँ । म सिक्दै बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’

उनलाई मन्त्रालयमा बधाइ दिन निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल पनि पुगेका थिए । सो क्रममा खनालले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । भुसालले निवर्तमान कृषिमन्त्री खनालसहित सबैको सुझावको आधारमा अघि बढ्ने पनि बताएका छन् ।

 

 
 
  
 

You may also like