आज पनि बढ्यो सुन–चाँदीको भाउ, तोलाको कति पुग्यो ?

by समतल अनलाइन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (मंगलबार) पनि उकालो लागेको छ । दशैंपछिको कारोबारमा निरन्तर बढिरहेको सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।

सोमबार प्रतितोला सुन १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज एक तोलाको १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ३ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला २१ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार २०९५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा त्यसको प्रभाव परेको विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स करिब २७ सय अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो ।

 
 
  
 

You may also like