मन्त्रिमण्डल पुनर्गठन : को को बने नयाँ मन्त्री ?

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्दै नयाँ मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालय पठाएका छन् ।

यससँगै नयाँ मन्त्रीहरुको शपथ विहिबार बिहान हुने भएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, उद्दोग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणी खनाल, श्रममन्त्री गोकर्ण विष्ट, कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई मन्त्रीबाट हटाइएको छ ।

यसैगरी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट हटाएर कानुनमन्त्री बनाइने भएको छ भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी अहिलेका कानुनमन्त्री भानुभक्त ढकालले पाउने भएका छन् ।

सरकारमा नयाँ मन्त्री बन्नेमा घनश्याम भुषाल, वसन्त नेम्वाङ, पार्वत गुरुङ, लेखराज भट्ट, मोती दुगड, हृदयश त्रिपाठी र रामेश्वर राय यादव रहेका छन् ।

मन्त्रीबाट नहटेको र जिम्मेवारी हेरफेर नभएकामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सञ्चारमन्त्री गोकुल बास्कोटा छन् ।

यस बाहेककाको जिम्मेवारी हेरफेर र कार्यक्षमताका कारण हटाइएको छ ।

मन्त्रिमण्डलको सुची :

 

 
 
  
 

You may also like