राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषदका १८ निर्णयहरु

by समतल अनलाइन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले पौडेलको भ्रमण स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसिीर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिइन् ।

त्यस्तै, बैठकले चीनको संघाइमा संचालन हुने छैठौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृती दिने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले यूएईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का नेतृत्वको टोलीलाई स्वीकृती प्रदान गर्ने र कात्तिक २० र २१ गते चीनमा आयोजना हुने सम्मेलनमा सहभागी हुन शिक्षा राज्यमन्त्री नेतृत्वको टोलीलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

झुटो विवरण पेस गर्ने दुई जनाको नागरिकता बदर
सरकारले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुई जनाको नागरिकता बदर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै बदर गरेको बताएको छ ।

काभ्रेपलाञ्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो । तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।

c

 
 
  
 

You may also like