युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

by समतल अनलाइन

काठमाडौँ । युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । टी-२० विश्वकप छनौटको सेमिफाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको हो ।

युएईका लागि वृत्य अरविन्दले सर्बाधिक ६४ रन बनाएका थिए । त्यस्तै कप्तान मोहमद वासिमले २६, आलिशान शाहराफुले १६, असिफ खानले १३ रन बनाएका थिए ।

नेपाली बलर कुशल मल्लले सर्बाधिक ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिएका थिए ।

 
 
  
 

You may also like