नकारात्मक विचार र भावनाले जीवन खल्लो बनाउँछ ; ह्यापिनेस प्रोग्राम

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । रुपन्देहीको सैनामैनामा गत सोमबार देखि जारि ह्याप्पिनेस प्रोग्रामको चौथो दिन आज मानव जिवनबाट कसरी नकारात्मक विचारलाई टाढा राख्ने बिषयमा तालिम दिईएको छ । `द आर्ट अफ लिभिङ´ बुटवलको आयोजना मंसिर २ गतेबाट सञ्चालन भईरहेको उक्त कार्यक्रममा मानव जीवन अमुल्य रहेको हुँदा जीवन कसरी जिउने अर्थात जीवन जिउने अमुल्य कला सहभागीलाई सिकाईएको हो ।
बर्तमान समयमा मानिस आफ्नै कार्यमा ब्यस्त रहने र आफ्नो खुसि बिर्सेर सधै कामको तनाबमा रहेको बेला जिवनलाई कसरी उर्जाशिल बनाउने , बिशेषत: युवा पुस्ता नकारात्मक बाटो प्रबेश गर्ने भएकोले उनिहरुको मनोविज्ञानलाई मध्यनजर गर्दै नकारात्मक विचार र चिन्तन आउन नदिने खालको ज्ञान आज कार्यक्रममा सिकाईएको हो ।
समाजमा सकारात्मक्ता प्रधान गर्ने उदेश्यले सैनामैना नगरपालिकाको नैतिक तथा आर्थिक सहयोगमा ६ दिन सम्म सञ्चालन हुने कार्यक्रममा शिक्षक ,विद्यार्थी , ब्यापारी , युवा युवती तथा सामाजिक ब्याक्तित्वहरुको उल्लेखनीय सहभागीता रहेको छ । भने कार्यक्रमको सहजिकरण द आर्ट अफ लिभिङका स्थानीय भोल्युन्टर कृष्ण गौतम , बिष्णु पाण्डे , झबिन्द्र बस्याल , बुद्धि चौधरी लगायतले गर्नुभएको छ ।
कार्यक्रममा प्रशिक्षक द आर्ट अफ लिभिङका डायमण्ड टिचर पवन नेपालले गर्नुभएको छ भने कार्यक्रमको संयोजक सैनामैना नगरपालिका वडा नं ८ का सदस्य ईश्वरी भण्डारीले गर्नुभएको छ । उहाँले बुधबार र शुक्रबार ४ बजेदेखि सतचिन्तन सामुदायिक प्रतिष्ठानमा हुने कार्यक्रममा सम्पूर्ण नगरबासिलाई उपस्थितको लागि अाग्रह गर्नुभएको छ ।

 
 
  
 

You may also like