युएईमाथि नेपालको शानदार जित

by समतल अनलाइन

काठमाडौँ । नेपालले युएईलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । युएईले दिएको १६५ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ६२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ४७ रन बनाएका थिए । आसिफ र रोहितले चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । त्यसैगरी दिपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित ४० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थिए ।

युएईका लागि वृत्य अरविन्द र बसिल हमीदले ४५- ४५ रन बनाए भने असिफ खानले १८ र् खालिद शाहले १२ रन बनाए ।

त्यसैगरी नेपाली बलरसोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिए ।

योसँगै नेपालले सिरिजका चारै खेल जितेको छ । नेपाल यसअघि नै सिरिजको फाइनलमा पुगेको छ । अब युएईले हङकङसँग बुधबार खेल्दै छ । सिरिजको फाइनल खेल भने शुक्रबार टियु मैदानमा हुदै छ ।

 
 
  
 

You may also like