युएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

by समतल अनलाइन

काठमाडौँ । युएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको हो ।

युएईका लागि वृत्य अरविन्द र बसिल हमीदले ४५- ४५ रन बनाए भने असिफ खानले १८ र् खालिद शाहले १२ रन बनाए ।

त्यसैगरी नेपाली बलरसोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिए ।

 
 
  
 

You may also like