वैवाहिक बर्षगाठमा एक दम्पतीद्वारा रक्तदान,३० युनिट रगत संकलन

बुटवल।बुटवलका एक दम्पतीले रक्तदान गरि वैवाहिक बर्षगाठमा रक्तदान गरेका छन । समाजसेवी एवं व्यवसायी ईश्वरी गौतम र श्रीमती सम्झना नेपाल गौतमको १९ औँ वैवाहिक बर्षगाँठको अवसरमा बुटवलमा रक्तदान गरिएको हो ।

गौतम दम्पतीको आयोजना तथा रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३० यु्निट रगत शंकलन भएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले जानकारी दिए । समाजसेवी एवं व्यवसायी ईश्वरी गौतमले शुभअवसरमा रक्तदान कार्यक्रम आयोजना गरेर मानवीय जीवन बचाउनको लागि यो अभियान सञ्चालन गरेको बताउँदै सवैले शुभकार्यमा रक्तदान गरेमा रगत अभाव हुन नपाउने उल्लेख गरे । गौतम दम्पतीले नियमित रक्तदान गर्दै आईरहेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजले गौतम दम्पतीलाई सम्मान गरेको हो ।

 
 
  
 

You may also like