ओम एजुकेशनका बिद्यार्थीहरुद्वारा सहयोग हस्तान्तरण

बुटवल । बुटवल-८ भानुपथमा रहेको ओम एजुकेशन मार्फत विद्यार्थी भिसामा जापान जान लागेका विद्यार्थीहरुद्वारा मिठाइ बापतको पैसा जम्मा गरी पहिलो पाईला नामक संस्था मार्फत अर्घाखाँचीका आगोलागी पीडितहरुलाई सहयोग प्रदान गरेका छन ।

बिहिवार एक कार्यक्रम बिच विद्यार्थीहरु द्वारा सन्कलन गरिएको पाच हजार रुपैया पहिलो पाईला बुटवल शाखाका सह-कोषाध्यक्ष नरेश न्यौपानेलाई हस्तान्तरण गरिएको थियो । मिठाइ भन्दा दुखीलाई मलम लगाउदा अझ बढी आत्मसन्तुष्टी मिल्ने प्रेरणा ओम एजुकेशन मार्फत मिलेको र सबैले सल्लाह गरी सहयोग रकम जम्मा गरिएको विद्यार्थीहरुले जानकारी गराए । ओम एजुकेशनले यस अघी पनि ओम च्यारिटी फाउन्डेशन मार्फत बिभिन्न सामाजिक काम गर्दै आईरहेको ओम एजुकेशनकी निर्देशक प्रतिमा खत्री गौतमले जनाइन् । पहिलो पाईला बुटवलले ओम एजुकेशनका विद्यार्थीको यस सहयोग प्रति धन्यवाद ब्यक्त गरेको छ ।

 
 
  
 

You may also like