यातायात क्षेत्रको प्रबद्र्धन र बिकासको लागी पहल गर्छु ः सभामुख

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले समस्याग्रस्त अवस्थामा रहेको यातायात क्षेत्रको समस्या समाधान र प्रवद्र्धनको लागी पहल गर्ने बताएका छ्न ।

मुलुकमा रोजगारी र स्वरोजगारको सिर्जना गरेको यातायात क्षेत्रको बिकासमा नीतिनिर्माता र कानुन निर्माणमा पहलकदमी लिने उनले प्रतिबद्धता जनाए । आज बुटवलमा भएको रास्ट्रिय यातायात उधमशिल मजदुर भलाई कोषको ७ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उदघाटन गर्दै सभामुख घर्तीमगरले स्वरोजगार उद्यमी र मजदुर बर्गको उत्थानको हितमा अहिलेको संविधान र प्रदेशले बनाएको ऐन कानुन रहेको बताउदै उनले समस्या भए समाधानको पनि बाटो खोलिने बताए । रास्ट्रिय उत्पादन र अर्थतन्त्रलाई सुधार नगर्दा सम्म मुलुकमा आर्थिक समृद्धि आउन नसक्ने भएकाले त्यसतर्फ सरकार र निजि क्षेत्रले ध्यान दिनु पर्नेमा सभामुख घर्ती मगरले जोड दिए । कार्यक्रममा बुटवल उप महानगरपालिकाको मेयर खेलराज पाण्डेयले यातायात क्षेत्रले युवा रोजगार तथा स्वरोजगारको प्रबद्र्धन गरि युवालाई बिदेश पलायन रोक्नुपर्ने बताए ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको अवस्थामा ३० प्रतिसत मात्र गाडी चलेका कारण यातायात मजदुरको रोजगारीको अवसर गुम्दै गएको बताए । कोभिड पछी सबै क्षेत्र धरासायी भएकाले त्यस तर्फ सरकारले ध्यान दिनु पर्ने बताए । उनले धरासायी भई बन्द भएका सवारी साधनको दाखिला खारेजको सहजीकरण गरिदिन समेत उनले सरकारसंग आग्रह गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला संयोजक नारायण जि.सि.निर्मलले कोभिडको कारण सिङ्गो बिश्व प्रभावित भएको बताउदै उनले समस्याको समाधान गर्न राजनीतिक स्थायित्व आवश्यक रहेको बताए । कार्यक्रममा बोल्ने यातायात व्यवसायीहरुले यातायात क्षेत्रको समस्या समाधान गर्न प्रदेश यातायात प्राधिकरण गठन गर्नुपर्ने माग गरेका थिए । उनीहरुले यातायात क्षेत्र अरु ब्यवसायी भन्दा जोखिम युक्त रहेको बताउदै उनिहरुले यातायात क्षेत्रको एकीकृत बिकास र प्रबद्र्धनको लागि प्रदेशमा प्राधिकरण गठन आवश्यक रहेको बताएका थिए ।

कोषका अध्यक्ष मोहन भुसालको अध्यक्षता, कोषाध्यक्ष माधव प्रसाद श्रेष्ठको संचानल, सदस्य होम बहादुर पाण्डे को स्वागतमा भएको कार्यक्रममा , नेकपा एकीकृत समाजबादी जिल्ला उपाध्यक्ष चीन बहादुर गुरुङ, पश्चिम नेपाल बस ब्यावसायी संघ प्रालिका निर्देशक राम चन्द्र भुसाल, रुपन्देही ब्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, उधोग बाणिज्य संघ बुटवलका महासचिव बिमलराज भट्टराई, बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष तुलसी न्यौेपाने, बुटवल वडा ३ का अध्यक्ष बिष्णु ढकाल, वडा–११ का कार्यबाहक अध्यक्ष नहकुल शाही बुद्धभुमि ट्याक्सी सेवा प्रालिका अध्यक्ष गोबिन्द बहादुर कुँवर लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

 
 
  
 

You may also like