पर्यटक दिवसमा लुम्बिनिमा पर्यटकलाई स्वागत

by समतल अनलाइन

लुम्बिनी। ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा बुधबार विहान पर्यटकलाइ स्वागत गरिएकाे छ । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चिन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि प्रवेशद्वारमा स्वागत गरेका हुन् ।

पर्यटकलाइ स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीलविश्व शान्तिकाे केन्द्र भएकाे बताउदै लुम्बिनि भ्रमणका लागि आह्वान गरे ।

उनले विश्व पर्यटन दिवसकाे अवसर विश्वले बुद्वजन्मस्थल लुम्बिनीलाई बाैद्विष्टहरूकाे भ्रमण केन्द्रकाे शुरूवात बनाउन आग्रह गरे । लुम्बिनी विकास काेष र लुम्बिनी हाेटल संघ नेपाललृ संयसक्त रूपमा पर्यटकलाइ स्वागत गरेर दिवस मनाएका हुन् ।

उक्त अवसरमा लुम्बीनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्य, याेजना प्रमुख सराेज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी हाेटल संघका अध्यक्ष गाेविन्द ज्ञवाली, काेषका सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीयणण विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । लुम्बिनीमा पछिल्लाे बर्ष पर्यटकहरू बढदै गएकाे सुचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राइले जानकारी दिए ।

 
 
  
 

You may also like