भारत–क्यानडा विवाद उत्कर्षमा : भारतले बन्द गर्‍यो भिसा सेन्टर

by समतल अनलाइन

काठमाडौँ । क्यानडामा भारत सरकारले भिसा सेवा बन्द गरेको छ । क्यानडामा रहेको भारतको भारतीय नियोगले सञ्चालनका कारणले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरिएको जनाएको छ ।

दुई देशबीच विवाद बढ्दै गएपछि यसअघि नै एक अर्का देशले उच्च कुटनीतिक कर्मचारीलाई देश निकाला गरिसकेका छन् । भारतले क्यानडामा भिसा सेवा बन्द गरेको विषय भारतको भिसा आवेदन ह्यान्डल गर्ने कम्पनी बीएलसीको वेबसाइटबाट हटाइएको थियो तर यो जानकारी फेरि शेयर भएको छ ।

बीएलएस इन्टरनेशनलले क्यानडामा भारतीयहरूका लागि अनलाइन भिसा आवेदन केन्द्रहरू व्यवस्थापन गर्दछ । भारतीय मूलका एक सिख नेताको क्यानडामा गोली हानेर हत्या भएको थियो । क्यानडाका प्रधानमन्त्रीले भारतीय खुफिया एजेन्सीले नै उनको हत्या गरेको आरोप लगाएपछि कुटनीतिक विवाद चलिरहेको छ । एजेन्सी

 
 
  
 

You may also like