मोरक्को भूकम्प : हालसम्म २,१२२ जनाको मृत्यु, भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ

by समतल अनलाइन

काठमाडौं । भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएको खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न समस्या भइरहेको उद्धारकर्मीले बताएका छन् ।

ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेको अनुमान गरिएको छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीले जनाएको छ । भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको खबरमा उल्लेख छ ।

भूकम्प पछि धेरै मानिसले खुल्ला आकाशमुनि रात बिताइरहेका छन् । गएको शुक्रवार राति गएको ६. ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ । यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् । भूकम्पमा परेर २,१२२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार सयभन्दा धेरै घाइते भएका छन् ।

 
 
  
 

You may also like