६० किलाे सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई नासु पक्राउ

by समतल अनलाइन

काठमाडौं । ६० किलो बढी सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा छन् ।

भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई शनिबार पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिएका छन् । योसँगै उक्त सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।

गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सुन बाहिरिएको थियो । मोटरसाइकलको ब्रेक सुमा लुकाएर तस्करी गरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like