सात शिशुको हत्या गर्ने बेलायती नर्सलाई आजीवन कारावास

by समतल अनलाइन

काठमाडौं । बेलायती सिरियल किलर नर्स लुसी लेटबीलाई सात बालबालिकाको हत्या र छ जनाको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

म्यानचेस्टरमा न्यायाधीश गसले लुसी लेटबीको क्रूर कार्यहरू भयानक डरलाग्दो भएको बताए । उनले अहिले पनि लुसीमा कुनै पछुतो नदेखिएको बताए । लेटबीले सजायको घोषणाको क्रममा अदालतमा उपस्थित हुन अस्वीकार गरकी थिइन् । त्यस क्रममा पीडित परिवारको अवस्था पनि बताउनुपर्ने थियो ।

 
 
  
 

You may also like