उद्योग वाणिज्य संघ द्वारा दुई पत्रकार सम्मानित

by समतल अनलाइन

सैनामैना । सैनामैना उद्योग वाणिज्य संघले कृषि, उद्योग, पर्यटन र वन क्षेत्रमा पत्रकारिताको माध्यमबाट सहयोग पुराएको भन्दै पत्रकार ललित पाण्डेय र विष्णु खत्रीलाई सम्मान गरेको छ । संघको ५ औं साधारणसभाको अवसरमा उनिहरुलाई सम्मान गरिएको हो । रेडियो सैनामैनाका समाचार प्रमुख तथा बुद्ध टेलिभिजनका संवाददाता पाण्डेय र रेडियो मलमलाकी समाचार प्रमुख खत्रीलाई पत्रकारितामा योगदान गरेको भन्दै सम्मानित गरिएको हो । उद्योग वाणिज्य संङघ, सैनामैनाले स्थापना गरेको रु. ५० हजार रकमको पत्रकारिता अक्षयकोषबाट उनीहरुलाई सम्मान गरिएको हो । कृषि, उद्योग, पर्यटन र वन क्षेत्रमा उल्लेखीय योगदान गरेको भन्दै कृषि, उद्योग, पर्यटन र वनमन्त्री लिला गिरीले पत्रकारद्धय पाण्डे र खत्रीलाई सम्मान गरेका हुन ।

उस्तै साधारणसभामा बोल्ने बक्ताहरुले उत्पादनशिल क्षेत्रमा बैङकले लगानी गर्न नसकेको बताएका छन । उद्योग ब्यवसाय सञ्चालन गर्नको लागि बैंङकबाट ऋण निकाल्नु पर्ने अवस्था रहेको तर चर्काे ब्याचदरले गर्दा समस्या भएको उनिहरुले बताएका छन ।
उद्योग ब्यवासीले बैङकको चर्को र अस्थिर ब्याज दरका कारण उद्योगी तथा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए । यसको नियन्त्रणको लागि राष्ट्र बैंकले सहि कदम चाल्नको लागि आग्रह गरे ।

उक्त अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले सैनामैनामा रहेको अव्यवस्थित बसोवासले केही समस्या भएको उल्लेख गर्दै एकिकृत जग्गा प्रणालीमा गएर आधुनिक बस्ती बसाल्न आग्रह गरे ।
उनले सैनामैना बुद्धकालिन सभ्यतासँग जोडिएको नगर भएकाले तिब्बतसँग जोडिएको प्रमुख नाकाका रुपमा उद्योगी, व्यवसायीको उत्पादनलाई प्रतिष्पर्धी बनाउन आवश्यक भएको बताए । उद्योगी ,ब्यवसायीले सरकारको नियम अनुसार सञ्चालन गर्नु पर्नेमा उँहाले जोड दिँदै केही नीति नियममा समस्या भएमा सञ्चाउँन सकिने बताए ।
सैनामैना उद्योग स्थापनाको लागि उपयुक्त रहेको मन्त्री गिरीले बताउँदै नगरपालिकाले जग्गाको वर्गिकरण गरि अहिलेदेखि नै ब्यवस्थित गर्दै जानु पर्ने बताएका छन ।

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्किले सहकारीसँग भएको पँुजीलाई उद्योगधन्दामा परिचालन गर्न आवश्यक भएकोमा जोड दिदै यस क्षेत्रको विकासका लागि लगानी गर्न आग्रह गरे । उनले सैनामैनामा लगानी गर्नको लागि आह्वान गर्दै यँहा स्थापीत उद्योगधन्दालाई जग्गाको ब्यवस्था समेत गरिने बताए । सैनामैनामा स्थापित हुने उद्योग धन्दालाई स्थानीय करमा भारी छुट दिने कार्कीको दाबी छ ।
सैनामैना उद्योगा वाणिज्य सङघका अध्यक्ष राज बहादुर क्षेत्रीले औद्यगिक क्षेत्र बनाउन नगरपालिकासँग समन्वय गर्दै सैनामैनालाई उद्योग, वाणिज्य र कृषि केन्द्रको रुपमा स्थापित गरिने जानकारी दिए । समृद्ध सैनामैना निर्माणका लागि निजी क्षेत्र र स्थानीय तहबिच समन्वय गरि एक बस्तु ः एक उत्पादन नीतिलाई अगाडी बढाईने उँहाले प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस वर्ष उद्योग वाणिज्य संघले पौष २४ गतेदेखि ६ गतेसम्म चौंथो राष्ट्रिय सैनामैना कृषि , पर्यटन तथा औंद्योगिक ब्यपार महोत्सवको आयोजना गरिएको क्षेत्रीले जानकारी दिनुभयो । प्रदेशसभाका सदस्य फकरुद्धिन खाँले सैनामैना क्षेत्र उद्योग ब्यवसाय सञ्चालनको लागि उपयुक्त स्थान भएको दाबी गरे । लुम्बिनी क्षेत्रमा उद्योग सञ्चालन गर्न नपाईने भएकाले नजिकै सैनामैना क्षेत्र रहेकाले उपयुक्त भएको उनको भनाई छ । त्यस्तै सांसद कमलादेवि विश्वकर्माले समृद्ध सैनामैना निर्माणको लागि उद्योग ब्यवसायको महत्वपूण भूमिका रहेको उल्लेख गरे

संघका सल्हाकार खुशीराम चौंधरीले बैंङकले ब्यजदरले गर्दा उद्योग ब्यवसाय सञ्चालनमा समस्या आएको गुनाशो पोखे । उनले बैंङले लगाएको चर्काे ब्याचद र विद्युतको लोभोल्टेज समस्याले गर्दा उद्योगी मारमा परेको बताए ।
सैनामैना उद्योग वाणिज्य संघका महासचिब दिपक अधिकारीले कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाले सैनामैना ७ मा प्रस्तावित औद्योगिक ग्रामको लागि नगरपालिकासँग संघले समन्वय गरिने बताए । यस क्षेत्रको उद्योग धन्दा कलकारखाना निर्माणमा नगरपालिकासँग समन्वयन गरि अगि बढाईने अधिकारीले बताएका छन । संघका कोषाध्यक्ष टिका बहादुर शाहीले आर्थिक वर्ष २०७५–७६ मा २२ लाख ४६ हजार संघको आम्दानी भएको जानकारी दिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मोहनरा बानिया , सल्लाकार कृष्ण पंगेनी , सैनामैना ब्यपार संघका अध्यक्ष जिवनाथ पाण्डे, संघका उद्योग उपाध्यक्ष रिमबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।

 

 
 
  
 

You may also like