नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको चौथो बैठक सम्पन्न

by समतल अनलाइन

नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको चौथो बैठक ज्यो.पं.डा.गौरिशंकर शर्माको अध्यक्षतामा सुर्खेतमा विभिन्न निर्णयहरु पारित गरेको छ ।

नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष ज्योतिषी विकास पौडेल नेपाल ज्योतिष परिषद्को पाँचौ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकोले उक्त रिक्त वरिष्ठ उपाध्यक्ष पदमा ज्यो.पं. ढाकाराम अधिकारीलाई र उपाध्यक्ष पदमा ज्यो.पं याम प्रसाद अधिकारिलाई मनोनयन गर्दै परिषद् कर्णाली प्रदेशका दशवटै जिल्लाका ज्योतिषीहरुको कार्यप्रगती मुल्यांकन गर्दै सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भएको छ ।।

साथै परिषद्को कर्णाली प्रदेश समितिले २०७७ सालको क्यालेन्डर प्रकाशित गर्ने र यहि २० गते नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको स्थापना दिवस मनाउने निर्णय गरि बैठक सम्पन्न भएको नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशका अध्यक्ष डा.गौरिशंकर शर्माले खबर पठाउनुभएको छ ।।

 
 
  
 

You may also like