होराइजन जीबीएसका सौगात न्यौपानेले ल्याए ३.९५ जीपीए

बुटवल  । होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईई परिक्षामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् ।

एसईई परीक्षामा सहभागी ११५ जना विद्यार्थीमध्ये १८ जनाले ए प्लस, ५२ जनाले ए, ३३ जनाले बी प्लस, १० जनाले बी र एकजनाले सी प्लस ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको विद्यालयका प्राचार्य गोपाल आचार्यले जानकारी दिए ।

नतिजा सार्वजनिक भएसङ्गै कक्षा ११ मा भर्ना खुलेको बताउदै प्राचार्य आचार्यले समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह गरेका छन् ।

 
 
  
 

You may also like