बुटवलको एभरेष्ट स्कुलका प्रकट र उत्सवले ल्याए उत्कृष्ट जिपिए

बुटवल । शैक्षिक क्षेत्रमा अव्वल बुटवल ८ सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोडिङ माध्यमिक विद्यालयले ०७९ सालको एसईई परीक्षामा पनि उत्कृष्ट नजिता ल्याएको छ ।

१५३ जना विद्यार्थीहरु सहभागि भएका मध्ये २ जना विद्यार्थीहरु प्रकट गिरी र उत्सव वि.क.ले ३ दशमलव ९० जिपिए ल्याएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताए । त्यस्तै १९ जनाले ३ दशमलव ५६ देखि माथी जिपिए ल्याएको उनको भनाई छ ।

यसैगरी ३ दशमलव २५ जिपिए भन्दा माथी ल्याउने ४० जना, २ दशमलव ८५ देखि माथी ५९ जना, २ दशमलव ४५ देखि माथी ३१ ज्ना र २ दशमलव ३५ देखि माथी जिपिए ल्याउने ४ जना रहेको प्राचार्य न्यौपानेले बताए ।

 
 
  
 

You may also like