सैनामैना उद्योग वाणिज्य संघको ५ औँ साधारण सभा बुद्धकालिन सभ्यतालाई तिब्बत सम्म जोड्ने प्रमुख नाका सैनामैना : पर्यटनमन्त्री गिरी

by समतल अनलाइन

सैनामैना । प्रदेश नं ५ का उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्री लिला गिरीले बुद्धकालिन सभ्यतालाई तिब्बत सम्म जोड्ने प्रमुख नाका सैनामैना रहेको बताउनुभएको छ । सैनामैना उद्योग वाणिज्य संघको ५ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘ सैनामैना भनेको बुद्धकालिन बुटवल हो व्यापारिक केन्द्र हो । सिँगो तराई देखी बुद्धकालिन सभ्यतालाई तिब्बत सम्म जोड्ने एउटा प्रमुख नाका हो । त्यस्तो महत्वपुर्ण ठाउँ छ ।’

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका गिरीले बौद्धकालिन सभ्यताका क्षेत्रहरुलाई संरक्षण र परिष्कृत गरी पर्यटन क्षेत्रलाई प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । गिरीले प्राकृतिक ठाउँ चुरे र जंगल क्षेत्रलाई व्यवस्थापन गरी हरियाली पार्क बनाउने प्रदेश सरकारको योजना रहेको समेत उल्लखे गर्दै उद्योगी व्यवसायीलाई पुर्ण कानुन कार्यान्वय गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘ ईमानदारिताका साथ कर तिर्नुहोस् । ’ निजी क्षेत्रलाई उद्योग व्यवसायमा लगानी गर्न अनुरोध गर्नुभयो । साथै व्यापारीका लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत आश्वासन दिनुभयो । ’

विशिष्ठ अतिथी प्रदेश सभा सदस्य फकरुद्दिन खानले लुम्बिनी सँग जोडिएको सैनामैनाको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । सैनामैनामा होटल तथा रेष्टुरेण्टको समेत आवश्यक रहेको ठहर गर्दै लगानीकर्तालाई यस क्षेत्रमा लगानी गर्न समेत सुझाव दिनुभयो ।

उद्योग व्यवसायमा नीतिगत रुपमा पर्ने जटिलतामा सहज तुल्याउन प्रदेशबाट पहलकदमी चाल्ने प्रदेश सभा सदस्य कमला विश्वकर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘प्रदेशबाट नीतिगत रुपमा पर्ने जटिलतामा पहल गर्नेछु ।’ कार्यक्रमका विशिष्ठ अतिथी समेत रहनुभएकी विश्कर्माले सैनामैनालाई उद्योग ग्रामको रुपमा स्थापित गर्न सबै सक्रियताका साथ लाग्नुपर्ने धारण राख्नुभयो ।

 

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरमा औद्योगिक ग्रामको निर्माणका लागि डिपिआर तयार भईरहेको जानकारी गराउनुभयो । समृद्ध सैनामैनाको निर्माणका लागि बलियो आधार उद्योगी व्यवसायी रहेको भन्दै करको दायरामा आई कर बुझाउन समेत आग्रह गर्नुभयो । सैनामैना ऐतिहासिक,धार्मिक एवम् पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसको सम्बद्र्धन र प्रचार प्रसार सबैको खाँचो रहेको औल्याउनुभयो । उद्योगी व्यवसायीका लागि नगरले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष राज बहादुर क्षेत्रीले बार्षिक प्रतिवेदन पेश गर्दै संघले आगामी दिनमा संघको सचिवालय निर्माण,सैनामैना नगर क्षेत्रलाई व्यवस्थित सहर बनाउन, उद्योग स्थापना गर्न,औद्योगिक करिडोर, वाणिज्य केन्द्र, कृषि उपज केन्द्रको स्थापना गर्न, बृहत पर्दशनी स्थलको जग्गा व्यवस्थापन लगायतका योजनालाई प्रथामिकतामा राखेर संघ अगाडि बढेको जानकारी गराउनुभयो । यसैगरी संघका कोषाध्यक्ष टिका शाहीले आर्थिक तथा महासचिव दिपक अधिकारीले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेकपाका सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपानेले उद्योग व्यवसाय र पर्यटन एक आपसमा अन्तरसम्बन्धित भएकाले बौद्धकालिन सैनामैनालाई पर्यटन सँग जोडन् आग्रह गर्नुभयो । लुम्बिनीमा आउने पर्यटकहरु यस नगरमा आउने गरी वातारण तयार गर्न नगर सँग समन्वय गरी व्यवसायीले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नगरमा उद्योग र व्यवसायका सम्बन्धमा सम्भावना र चुनौती पहिचान गर्नु अहिलेको महत्वपुर्ण पक्ष रहेको नेपाली कांग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारीको भनाई छ । अधिकारीले व्यापार व्यवसायको प्रोत्साहनका लागि स्थानिय तह,प्रदेश र संघले विशेष पहलकदमी चाल्नुपर्ने धारण राख्नुभयो ।
साधारण सभामा संघका संस्थापक अध्यक्ष मोहनराज बानिया,सल्लाहकारद्धय खुसीराम चौधरी,लालप्रसाद पंगेनी लगायतले बोल्दै उद्योग व्यवसायका नीतिगत र कानुनी व्यवस्थापलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । उहाँहरुले बैंकको ब्याजदर व्यवसायीका लागि जटिल परिस्थिती रहेको धारण राख्नुभयो । चर्को ब्याजदरका कारण उत्पादनमा समेत समस्या आईरहेको बताउँदै यसमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेलले संघले सचिवालय निर्माण गर्नेदेखी विभिन्न योजनाहरु अगाडि सारेको उल्लेख गर्नुभयो । उहाँले उद्योग व्यवसायका लागि ठुलो लगानीको आवश्यकता पर्ने हुँदा बैंकको व्याजदर नियमन हुन जरुरी रहेको जिकिर गर्नुभयो । सैनामैना व्यापार संघका अध्यक्ष जीवनाथ पाण्डेले उद्योग व्यापारीकबाट नै नगरले लिएको लक्ष्य समृद्ध सैनामैना सुखी जनता नारा साकार हुने बताउनुभयो । उहाँले उद्योग व्यवसायबाट नगरको अर्थतन्त्र बलियो हुने उल्लेख गर्दै जग्गा व्यवस्थापनका लागि नगरसँग माग गर्नुभयो ।

सभा सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रीको अध्यक्षता,प्रदेश न ं ५ का उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्री लिला गिरीको प्रमुख आातिथ्यता, प्रदेश ५ का प्रदेश सभा सदस्यद्धय फकरुद्दिन खान,कमला विश्कर्माको विशिष्ठ आतिथ्यता, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की तथा नगर उपप्रमुख बिना रानाको आतिथ्यतामा सम्पन्न भएको हो । बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर खड्काको स्वागत तथा उद्योग उपाध्यक्ष रिम बहादुर श्रेष्ठको धन्यवाद ज्ञापन रहेको थियो । सैनामैना २ ग्लोबल पार्टी प्यालेसमा भएको कार्यक्रममा संघका सल्लाहकारहरु, पुर्व कार्यसमिती सदस्यहरु,पुर्व प्रेस सल्लाहकार अग्रज पत्रकार छबि पाण्डेलाई सम्मान पत्रद्धारा सम्मान समेत गरिएको थियो ।

रेडियोकर्मी सम्मानित

५ औँ बार्षिक साधारण सभामा संघले सैनामैनामा रहेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका दुई जना रेडियोकर्मीलाई सम्मान गरेको छ । संघले यस वर्षदेखी सुरु गरेको पत्रकारिता सम्मानमा र

 
 
  
 

You may also like