मुर्गिया खानेपानी तथा सरसफाइमा उपभोक्त समितिको समन्वयमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न ,राजमार्ग सरसफाइलाई प्रभाकारिता दिनुपर्ने नेपाली काङ्ग्रेस जिल्ला उपसभापति शर्माको जोड

by समतल अनलाइन

शिब अधिकारि ,
सैनामैना । सैनामैनाको मुर्गियामा अवस्थित मुर्गिया खानेपानी तथा सरसफाइमा उपभोक्त समितिको समन्वयमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । आज विभिन्न संघ संस्थाको सहकार्यमा उपभोक्ता समितिले बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी परोहा उप-शाखाको बिशेष सहयोगमा सम्पन्न भएको कार्यक्रममा सुनगाभा युवा रेडक्रस सर्कल , परोहा युवा रेडक्रस सर्कल , जुनियर युवा रेडक्रस सर्कल प्रभात , सैनामैना जेसिस , रोटरि क्लब अफ सैनामैना , सैनामैना ब्याटमिन्टन क्लब लगायतका संस्थाको उपस्थिति रहेको थियो । सैनामैना २ कालिकाचोक देखि सुरु गरिएको सरसफाइ कार्यक्रम मुर्गिया खानेपानी चोक सम्म गरिएको हो । बिहान सात बजेदेखि करिब ९ बजे सम्म सञ्चालन भएको उक्त सरसफाइ कार्यक्रममा ५० प्रतिशत भन्दा बढी भोला (गुटखा) ,खैनी लगायतका फोहोर संकलन गरिएको थियो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुखको उपस्थिति रहेको बृहत चेतनामूलक सरसफाइ कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति फडिन्द्र शर्मा, नेरेस परोहा उपसाशा सभापति लोकनाथ अधिकारी , लगायतको उपस्थिति रहेको थियो ।

जनचेतनामूलक बृहत सरसफाइमा कार्यक्रमको
समापनमा बोल्दै नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला उपसभापति शर्माले सैनामैना क्षेत्रमा राजमार्ग सरसफाइ कार्यक्रम प्रभाकारि रुपमा अगाडि नबढेको भन्दै आगामी दिनमा यसलाई प्रभाकारितातर्फ लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यस्तै उहाँले मुर्गिया क्षत्रमा ढल निकास अावश्यक रहेको बताउदै जनप्रतिनिधि , जनताको सक्रिय सहभागी रहेमात्र सम्पूर्ण कार्यक्रम सफलताका साथ सम्पन्न हुने बताउनुभयो । अनौपचारिक रुपमा सम्पन्न कार्यक्रमको सञ्चालन सालिकराम भण्डारीले गर्नुभएको थियोे ।

 
 
  
 

You may also like