भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै

काठमाडौं । सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ । भारतका विदेश राज्यमन्त्री वी मुरलीधरनको हालैको भ्रमणले द्विपक्षीय सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुगेको मलेसियामा रहेका भारतीय मूलका नागरिकले बताएका छन् ।

भ्रमणका क्रममा राज्यमन्त्री मुरलीधरनले मलेसियाको प्रतिनिधिसभाका सदस्य एम.कुला सेगरन, डेमोक्रेटिक एक्शन पार्टीका राष्ट्रिय उपाध्यक्ष र अन्य वरिष्ठ सदस्यका साथै मलेसियाली सशस्त्र बल सिख भेटरन एसोसिएसनका सदस्यसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

राज्यमन्त्री मुरलीधरनले भारतीय मूलका मलेसियाली नागरिकका साथै कामको सिलसिलामा त्यहाँ रहेका भारतीय नागरिकलगायत मलेसिया सरकारका उच्च अधिकारीसँगको भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने र जनता–जनताबीचको सम्बन्धलाई अझ सबल बनाउने विषयमा छलफल गरेको क्वालालम्पुरस्थित भारतीय दूतावासले जनाएको छ । उनले भारत–मलेसिया सम्बन्ध प्रवर्द्धनमा भारतीय ‘डायस्पोरा’ ले गरेको योगदानको प्रशंसा गरे ।

 
 
  
 

You may also like